आइतबार, कार्तिक १६ गते २०८३
images
images

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

एक्सप्रेस पाना
फाल्गुण १५, २०७८ आइतबार
  • 450
    SHARES
  • युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

    एजेन्सी । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको छ । सेना खार्किभ छिरेपछि स्थानीयलाई घरभित्रै बस्न भनिएको छ । यसअघि रुसी सैन्य गाडी खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए । 

    images

    खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताए । ‘आफ्नो वासस्थान नछोड्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्,’ उनले भनेका छन् ।

    राजधानी किभ ढाल्ने प्रयास बिफल भएपछि रुसी फौज खार्किभ प्रवेश गरेका हुन् । आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा रुसी सेना पूर्वीयुक्रेनमा रहेको खार्किभतर्फ बढिरहेको देखिन्छ । एउटा नाटकीय क्लिपमा रुसी सेना बिस्तारै सडकमा अगाडि बढ्दै गोली हानेको देख्न सकिन्छ । 

    images

    अनलाइनमा सेयर गरिएको अर्को भिडियो क्लिपमा रुसी फौजको भनिएको एउटा गाडीमा आगो लागेको देख्न देखिन्छ ।  आफ्नो सहर रक्षा गर्न चाहने युक्रेनले गाडीमा आगो लगाएको स्थानीयले जनाएका छन् ।