आइतबार, कार्तिक १६ गते २०८३
images
images

युक्रेनमा रुसी हमला : ४९८ रुसी सेना मारिए

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 398
    SHARES
  • युक्रेनमा रुसी हमला : ४९८ रुसी सेना मारिए

    किभ । युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । 

    images

    रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् । 

    यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन् । 

    images