आइतबार, कार्तिक १६ गते २०८३
images
images

युक्रेन मामिलामा भारत फेरि तटस्थ

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 336
    SHARES
  • युक्रेन मामिलामा भारत फेरि तटस्थ

    एजेन्सी । युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीचको बढ्दो तनाबमाथि  राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो । वाशिंगटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’आह्वान गरेका थिए । 

    images

    मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दा भारत युक्रेन मामिलामा एउटा कूटनीतिक कसिलो डोरोबाट हिँडिरहेको देखिन्छ । तर, उसको रणनीतिले विशेषतः पश्चिमा देशमा प्रश्न खडा गरेको छ । 

    विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनु पर्ने पश्चिमा देशहरुले आवाज उठाउँदै आएका छन् ।

    images