आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकाले पुटिनलाई भन्याे–युक्रेनमा तत्काल रक्तपात राेक

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 380
    SHARES
  • अमेरिकाले पुटिनलाई भन्याे–युक्रेनमा तत्काल रक्तपात राेक

    एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई साे आह्वान गरेको हो ।

    images

    विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ ।

    रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले ‌आरोप लगाएको छ । रुसी सेनाले युक्रेनको एउटा सहरलाई कब्जा गरेको दर्जनौंको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो ।

    images