आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुस-युक्रेन युद्ध नौ दिन : कतिले छोडे युक्रेन ?

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 515
    SHARES
  • रुस-युक्रेन युद्ध नौ दिन : कतिले छोडे युक्रेन ?

    एजेन्सी । रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ । 

    images

    युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । 

    युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने निर्णय युरोपेली संघले गरेको छ । 

    images

    ब्रसेल्समा बिहीबार बसेको युरेपेली संघका गृहमन्त्रीहरुको बैठकले सो निर्णय गरेको हो । संघले यसअघि यस्तो सुविधा दिएको थिएन । युक्रेनी शरणार्थीहरुले संघको सदस्य देशमा रहँदा शिक्षा तथा स्वास्थ्य सम्बन्धि सुविधा पनि पाउने छन् ।