आइतबार, कार्तिक १६ गते २०८३
images
images

युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 355
    SHARES
  • युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा

    एजेन्सी । युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । 

    images

    आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ । 

    युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो । 

    images

    घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ । 

    आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए ।