आइतबार, कार्तिक १६ गते २०८३
images
images

नयाँबजारमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 282
    SHARES
  • नयाँबजारमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

    फागुन २० काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका-५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका-२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ का २७ वर्षीय सुबाष रतोकी र कञ्चनपुर शक्लाफाँटा नगरपालिका-२ का ३४ वर्षीय मिलन बोहरा रहेका छन् । 

    पाँचथर याङ्गक गाउँपालिका-८ च्याङ्थापुका ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, नौमुले गाउँपालिका-५ सल्लेरीका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी गाउँपालिका-६ का २१ वर्षीय कमल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    images

    उक्त फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै उनीहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई-सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रुपैयाँ गरी कूल ६५ हजार रुपैयाँ लुटपाट गरेका थिए । 

    प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको जनाएको छ ।न्युज कारखाना