शनिबार, भाद्र २७ गते २०८३
images

चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

एक्सप्रेस पाना
फाल्गुण २८, २०७८ शनिबार
  • 315
    SHARES
  • चार जना नेपालीको युक्रेनबाट उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

    काठमाडौं, २८ फागुन  भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । 

    images

    आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो । 

    उनीहरु भारतहुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षि नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् । 

    images

    ‘चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।  

    गत फेब्रुअरी २४ का दिन देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्धार गर्न थालिएको हो । सरकार र गैर आवासिय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित स्थानमा सारिएको छ ।