शनिबार, भाद्र २७ गते २०८३
images

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 288
    SHARES
  • दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

    काठमाडौं, २९ फागुन सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ। 

    images

    दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति  बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

    images

    वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ।