आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोभिडको कारण चीनमा फेरि लकडाउन

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 363
    SHARES
  • कोभिडको कारण चीनमा फेरि लकडाउन

    एजेन्सी । कोरोना भाइरस बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।

    images

    सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो ।  मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ । 

    कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार यहाँ ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ । 

    images

    त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ । १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।

    उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ ।  बाँकी विश्वको धेरैजसो ठाँउमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।