आइतबार, भाद्र २८ गते २०८३
images

एनआरएनएको वर्तमान नेतृत्वले संस्थालाई विभाजनतर्फ उन्मुख गरायो: जनसम्पर्क समितिहरु

एक्सप्रेस पाना
चैत्र २, २०७८ बुधबार
  • 416
    SHARES
  • एनआरएनएको वर्तमान नेतृत्वले संस्थालाई विभाजनतर्फ उन्मुख गरायो: जनसम्पर्क समितिहरु

    न्यूयोर्क,अमेरिका । नेपाली कांग्रेसको भ्रातृ संगठन, नेपाली जनसम्पर्क समिति, का सभापतिहरुको एक बैठकले कुमार पन्तले नेतृत्व गरेको एनआरएनएको वर्तमान समितिले संस्थालाई विभाजनतर्फ उन्मुख गराएको ठहर गरेको छ।

    images

    गत शनिवार भर्चुअल माध्यमबाट सम्पन्न बैठकले प्रतिनिधि विवादका कारण सिर्जना भएको एनआरएनएको आन्तरिक विषयमा सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक विचार पक्षधर सबैलाई एक ठाउँमा उभिन अनुरोध पनि गरेको छ। छलफलमा विभिन्न २० मुलुकका सभापतिहरुको सहभागिता रहेका थियो।

    छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ,'गैर आवासीय नेपाली संघको १० औं महाधिबेसनको केन्द्रीय प्रतिनिधि छनोट बिबादले निम्त्याएको असहज परिस्थितिलाई बेवास्ता गर्दै एनआरएनएको वर्तमान नेतृत्वले एकतर्फी निर्वाचनको घोषणा गर्दै संस्थालाई बिभाजनतर्फ उन्मुख गराएकोप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसखाले गतिविधिप्रति तीव्र बिमति जनाउदै सबै पक्षलाई मिलाएर निर्वाचन गर्न र संस्थालाई विभाजनबाट रोक्न सम्बन्धित सबै पक्षलाई जोडदार अनुरोध गर्दछौं। "

    images

    बैठकमा २० देशका जनसम्पर्क समितिका सभापतिहरु सहभागी थिए। बैठकमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट, ओमानका सभापति शालिकराम चापागाई, क्यानडाका सभापति बुद्धिप्रकाश ओली,साउदी अरबका सभापति अर्जुन थापा,युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना,कतारका सभापति अजीज अली सहभागी थिए। यसैगरी कुवेतका सभापति राजेन्द्र रसाइली बिरही,इजरायलकी सभापति दिपीका भुषाल,,बेल्जियमका सभापति पूर्ण तिमिल्सिना,फ्रान्सका कार्यवाहक सभापति ईन्द्र बस्नेत,अष्ट्रियाका सभापति जीवनजंग कुँवर,कोरियाका सभापति भजेन्द्र क्षेत्री,जर्मनीका सभापति शिखर खड्का,जापानका सभापति रोशन केसी,माल्टाका सभापति संदेश केसी, नेदरल्याण्डका सभापति शालिक गौतम,अष्ट्रेलियाका उप सभापति दिलीप पोखरेल, नर्वेका सभापति जितेन्द्र शाही र साइप्रसकी सभापति सीता अर्याल लगायत सहभागी थिए।