शनिबार, भाद्र २७ गते २०८३
images

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 275
    SHARES
  • बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

    चैत ६ बैतडी । बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बैतडीकाे शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

    images

    घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ ।