शनिबार, भाद्र २७ गते २०८३
images

सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 439
    SHARES
  • सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न

    चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगा शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान-विज्ञानमा आधारित दिगो विकास शिक्षा’ भन्ने मूल नाराका स्थापना भएको सुलक्षण कीर्ति क्याम्पसको कक्षा सञ्चालन तथा शैक्षिक सत्र शुभारम्भको औपचारिक रुपमा उदघाटन सम्पन्न  मंगलबार सम्पन्न भएको छ ।

    images

     कार्यक्रममा विशेष अतिथिका रुपमा पाल्नु भएका लुम्बिनी विश्वविद्यालयका भिसि प्रा।डा। हृयरत्न बज्राचार्यले  बौद्धको शिक्षा महत्व उल्लेख गर्दै कीर्तिपुर नगरपालिकाले मास्र्तस तह (बुद्धिजम सस्टेनएबल डेभलभमेन्ट) मा बौद्ध अध्ययन निरन्तरता सञ्चालन गराउनका लागि मेरुदण्डको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको जनाउँदै यस सुलक्षण कीर्ति क्याम्पसमा लुम्बिनी विश्वविद्यालयका लागि हलमार्कको रुपमा आफूले लिएको जनाए ।  साथै क्याम्पस प्रशासनले एम। ए बौद्ध शिक्षा अध्ययन गर्ने थलोका मात्रै नलिइ एउटा अभियानकै रुपमा लिनु पर्ने जोड दिए ।

    कार्यक्रममा  विद्यार्थीको तर्फबाट  अनिता महर्जनले आफू कानुनको विद्यार्थी भएता पनि यस क्याम्पसमा बुद्धिजम सस्टेनएबल डेभलभमेन्ट विषय पहिलो ब्याचका रुपमा बुद्धि शिक्षा एकेडेमीक रुपमा पढ्न जुराई दिनु भएकोमा धन्यवाद  ध्यनवाद दिनु भयो ।

    images

    लुम्बिनी बौद्ध क्याम्पसका डिन मनिक रत्न शाक्यले नेपालमा पनि बौद्ध शिक्षालाई दिगो विकासका रुपमा लागू गर्न सकेको खण्डमा देशको विकास विकास हुने अवगत गराउँदै  यस सुलक्षण कीर्ति क्याम्पसको पनि दिगो विकास गर्नु पर्नेमा जोड दिए ।

    प्रमुख अतिथि माननीय पुर्व शिक्षा तथा विज्ञान मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेपालमा अहिले  बौद्ध शिक्षाको महत्व दिनानुदिन महत्व बढ्दै गएकाले शिक्षाको प्रचारका कलेज आवश्यक रहेको जनाउँदै  बौद्ध शिक्षा नेपालीका लागि मात्रै नभई मात्रै नभई विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गर्नु परेमा पहल गर्नुपर्नेमा जोड दिए ।

    शुलक्षण कीर्ति क्याम्पसका अनोजा गुरुमा क्याम्पसलाई १० लाख गर्ने प्रतिबद्र्धता दिएका कीतिपुर नगरपालिकाका मेयर रमेश महर्जन लगायतका उपप्रमुख सरस्वती खड्का सम्मान गरिएकाे थियाे ।