शनिबार, भाद्र २७ गते २०८३
images

लागू औषधसहित सशस्त्र प्रहरीद्धारा दश जना पक्राउ

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 461
    SHARES
  • लागू औषधसहित सशस्त्र प्रहरीद्धारा दश जना पक्राउ

    चैत ७ काठमाडौं । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते सशस्त्र प्रहरी बल, नेपाल बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागुऔषधसहित चितवन जिल्लाको राप्ती नगरपालिका ७ बस्ने २४ बर्षिय करण गुरुङ्गलाई पक्राउ गरेको छ ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ३ वटा, नोफिन २ वटा र फेनारागन ७ वटा लागुऔषध फेला पारिएको हो । यसैगरी पर्सा जिल्लाकै बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट चैत्र ०३ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले नुवाकोट जिल्लाको झिलिङ्ग गाउँपालिका २ बस्ने २५ बर्षिय निरज पुडासैनीलाई नाईट्राजेपाम ट्याब्लेट ६० वटा र स्पाड्रोक्स ट्याब्लेट ३२ वटा सहित पक्राउ गरेको छ ।

    त्यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट चैत्र ०३ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी महेशपुरबाट खटिएको सशस्त्र प्रहरीले लुपिजेसिक १ सय ८९ एम्पुल र फेनारागन १ सय ३२ एम्पुलसहित भारतमा घर बताउने २७ बर्षिय फोगडा कुस्कु र २९ बर्षिया रिता मरण्डीलाई पक्राउ गरेको छ ।

    images

    यसैगरी मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ४ स्थित आईतबारेबाट चैत्र ०२ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश उर्लाबारीबाट खटिएको सशस्त्र प्रहरीले ट्रमाडोल हाइड्रोक्लोराईड ट्याब्लेट २० वटा, स्पासपेन ट्याब्लेट २० वटा र नाईट्रोजेपाम ट्याब्लेट ३ वटा सहित सोही ठाउँ बस्ने २२ बर्षका
    बिशाल लिम्बु र कुमार राईलाई पक्राउ गरेको छ ।

    त्यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट चैत्र ०१ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले ९० बोतल कोडील, १२ वटा नाईट्रोभेट ट्याब्लेट र २० बोतल कफ केयरसहित सोही जिल्लाको बागमति नगरपालिका बस्ने आकाश बल र जयराम मण्डललाई पक्राउ गरेको छ ।

    यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट चैत्र ०२ गते सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा बेश कार्गिलडाँडाबाट खटिएको सशस्त्र प्रहरीले २ सय ५६ वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने १८ बर्षिय रोशन गुरुङ्ग र २३ बर्षिय भुवन भट्टराई लाई पक्राउ गरेको छ ।

    से ६ प ३८९१ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई  शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    सशस्त्र प्रहरीद्धारा लाखौँको अबैध लत्ताकपडासहित ट्रक बरामद
    पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट चैत्र ०१ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले करीव २७ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहितको ट्रक बरामद गरेको छ ।
    ना ३ ख ७८८८ नम्बरको ट्रकलाई शंका लागि जाँच गर्दा बिल बिजक भन्दा फरक लत्ताकपडा पाईएपछि उक्त ट्रकसमेत बरामद गरिएको हो ।

    सो ट्रकको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ । बरामद लत्ताकपडा तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

    गाँजा बरामद
    पर्सा जिल्लाको ठोरी गाउँपालिका ५ स्थित ठुलोबाघमोर्चा ईलाकाबाट चैत्र ०३ गते सशस्त्र प्रहरीले करीव ७४ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका ब्यक्तिहरु सशस्त्र प्रहरी बल, नेपाल बिओपी सुवर्णपुरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा
    उक्त परिमाणको गाँजा फेला परेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।