आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 569
    SHARES
  • चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

    एजेन्सी । चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो । 

    images

    चाइना सेन्ट्रेल टेलिभिजनले भन्यो, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ । ’

    सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो ।

    images

    सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक  विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।