काठमाडौँ । कोरोना भाइरस कोभिड १९ विरुद्दको खोप व्यापक रुपमा विस्तार गरिने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले काठमाडौँ र तराईंका विभिन्न जिल्लाका बासिन्दालाई खोप लगाउन प्राथामिकता दिने बताएका छन्। खोपको अवस्थाबारे संसदलाई जानकारी गराउँदै अब सरकारले जनघनत्व बढी भएको क्षेत्रमा खोपलाई प्राथमिकता दिने बताए।
मन्त्री श्रेष्ठले विद्यार्थी, खुला क्षेत्रमा रहेका नागरिक र व्यापारिक केन्द्रमा रहेका नागरिकलाई खोप दिने जानकारी दिए।उनले अहिलेसम्म एक करोड ७ लाख खोपको व्यवस्था भइसकेको जानकारी दिए। कुल जनसंख्याको ९ प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेको मन्त्री श्रेष्ठले बताए।
त्यस्तै पहिलो खोपको मात्रा लगाएको जनसंख्या ४५ लाख वा कुल जनसंख्याको १५५ प्रतिशत पुगेको छ। अब २० लाख डोज खोप स्टकमा रहेको सरकारले जानकारी दियो।


