शनिबार, भाद्र २७ गते २०८३
images

रौतहटमा महिला बलात्कृत, आराेपित फरार

एक्सप्रेस पाना
चैत्र ८, २०७८ मंगलबार
  • 235
    SHARES
  • रौतहटमा महिला बलात्कृत, आराेपित फरार

    चैत ८ रौतहट । रौतहटमा एक महिला बलात्कृत भएकी छन् । साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेकाे आराेप छ ।

    images

    जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आराेपित पटेल फरार छन् । पीडित महिलाकाे स्वास्थ्य परीक्षणकाे तयारी भइरहेकाे छ । 

    पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएकाे छ । दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शाैच गर्न गएकाे बताइएकाे छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । पीडितले गुहार मागेर हाेहल्ला गरेपछि पटेल फरार भएका थिए ।न्युज कारखाना 

    images