आइतबार, कार्तिक १६ गते २०८३
images
images

नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध यात्रुलाइ सास्ती

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 427
    SHARES
  • नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध यात्रुलाइ सास्ती

    २४ असार काठमाण्डौ। अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ(मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।
    सेतीदोभानमा पहिरो खसेको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको छ ।
    एक सातादेखि यो सडकखण्डमा पहिरो खस्ने क्रम बढेको छ। पहिरोका कारण यात्रुले दुस्ख पाएका छन्। ढुंगासहित खसेको पहिरोले सवारी साधनमा क्षतिसमेत पुर्योउने गरेको छ।

    प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको छ। सेतीदोभानमा पहिरो खसेपछि दुबैतर्फ सडक अवरूद्ध छ भने खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

    images