शनिबार, भाद्र २७ गते २०८३
images

एनआरएन सत्ययुग हुँदै कलियुगमा प्रवेश गर्यो : एनआरए पूर्वअध्यक्ष भट्ट

एक्सप्रेस पाना
चैत्र १२, २०७८ शनिबार
  • 493
    SHARES
  • एनआरएन सत्ययुग हुँदै कलियुगमा प्रवेश गर्यो : एनआरए पूर्वअध्यक्ष भट्ट

    चैत १२ काठमाडौं । गैर–आवसीय नेपाली महासंघ (एनआरए)का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् ।

    images

    काठमाडौंमा जारी १०औँ महाधिवेसनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ ।

    ‘‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौं,’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्धापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’ यद्यपि, एनआरएन संस्था पवित्र उदेश्यका साथअघि बढेकाले विचलित नभइकन एनआरएनको एकताका लागि पहल गर्न उनले आब्हान गरेका छन् ।

    images