एजेन्सी । भारतीय जनता पार्टी भाजपा का नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला भएको छ। हमलामा परी सिंहको भतिजको मृत्यु भएको छ। परिवारका अन्य ७ मानिस गम्भीर घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार बिहीबार राति करिब ९ः३० बजे ग्रेनेड हमला भएको थियो। प्रारम्भिक अनुसन्धानमा प्रहरीले घटनास्थलबाट ग्रेनेडको पिन बरामद गरेको थियो।
राजौरी मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका जयवीरले हमलाको समयमा पूरा परिवार बरन्डामा बसिरहेको बताएका छन्। प्रहरीले घाइते भएकाहरूलाई स्थानीय मानिसको सहयोगमा राजौरी मेडिकल कलेजमा पुर्याएको थियो।


