शनिबार, भाद्र २७ गते २०८३
images

तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत

एक्सप्रेस पाना
चैत्र १८, २०७८ शुक्रबार
  • 331
    SHARES
  • तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत

    चैत १८ तनहुँ । तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images