आइतबार, भाद्र २८ गते २०८३
images

सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 493
    SHARES
  • सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न
    चैत २७ काठमाडौं । चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ ।
     
    बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा
    सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।
    No description available.
     
    सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।
     
    सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ । त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी.र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
     
     
     
    No description available.