आइतबार, कार्तिक १६ गते २०८३
images
images

किभ नजिकैको गाउँमा दर्जनौँ शव फेला

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 293
    SHARES
  • किभ नजिकैको गाउँमा दर्जनौँ शव फेला

    एजेन्सी । युक्रेनको राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् ।

    images

    बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए । मृतकको संख्या पुष्टि हुन बाँकी छ ।

    ‘हामी सामान्य जीवनमा फर्किरहेका छौं । तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो । धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने । 

    images