शनिबार, भाद्र २७ गते २०८३
images

मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 490
    SHARES
  • मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु

    बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ। नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो।

    images

    २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ।

    तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन्। शवलाई उनी कार्यरत रेष्टुरेन्टसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर नेपाली पठाइने मलेसियास्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

    images