आइतबार, कार्तिक १६ गते २०८३
images
images

रुसी हमलाको ५०औँ दिन पूरा, पूर्वीयुक्रेनमा आक्रमण जारी

एक्सप्रेस पाना
बैशाख १, २०७९ बिहीबार
  • 410
    SHARES
  • रुसी हमलाको ५०औँ दिन पूरा, पूर्वीयुक्रेनमा आक्रमण जारी

    एजेन्सी । रुसी हमलाको ५०औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ । 

    images

    उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेको छ । उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेका छन्  । खार्किकभमा अहिले पनि गोलाबारी जारी छ ।

    पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसी सेनाले असफल आक्रमण गरेका थिए । 

    images

    यसैबीच मारिओपोलमा सयौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।