सोमबार, भाद्र २९ गते २०८३
images

बुद्धभुमि नेपालको आईपीओ खुल्ला, सर्वसाधारणका लागि कति दिन सम्म पाइने ? 

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 341
    SHARES
  • बुद्धभुमि नेपालको आईपीओ खुल्ला, सर्वसाधारणका लागि कति दिन सम्म पाइने ? 

    काठमाडौँ ।  आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

    images

    कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    images

    निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।