सोमबार, कार्तिक १७ गते २०८३
images
images

तत्काल काबुलबाट नेपालीको उद्धारका लागि सरकारद्धारा कार्यदल गठन 

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 575
    SHARES
  • तत्काल काबुलबाट नेपालीको उद्धारका लागि सरकारद्धारा कार्यदल गठन 

    काठमाडौँ ।  सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्दारको संयोजन गर्न कार्यदल गठन गरेको छ। सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्दारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा कार्यदल गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए।

    images

    काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरूलाई औपचारिक पत्राचारसमेत गरेको छ।

    अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए। नेपालीहरू अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले बताए। अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरू स्वयम् संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताएका छन् । 
    घिमिरे नेतृत्वको कार्यदलमा अर्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड १९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट सहसचिव वा सोसरहका सदस्य छन्।

    images

    उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा नाम भरेर दर्ता गर्न सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई आह्वानसमेत गरेको छ। उद्धारसँग सम्बन्धित सम्पर्कका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमा हटलाइनको पनि व्यवस्था गरिएको छ।

    अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई सरकारले त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि आग्रह गरेको परराष्ट्रले जनाएको छ।