शनिबार, भाद्र २७ गते २०८३
images

‘फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

एक्सप्रेस पाना
बैशाख ७, २०७९ बुधबार
  • 259
    SHARES
  • ‘फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

    वैशाख ७ काठमाडौं । फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा उनी फेला परेकी थिइन् । 

    images

    थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग बिगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौं आएको खुलेको थियो । 

    गत चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उदाशमाथि थप अनुसन्धान भइरहेको छ ।
    न्युज कारखाना