सोमबार, भाद्र २९ गते २०८३
images

अफगानको सन्दर्भमा ट्रम्पले मागे बाइडेनको राजीनामा 

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 338
    SHARES
  • अफगानको सन्दर्भमा ट्रम्पले मागे बाइडेनको राजीनामा 

    काठमाडौँ ।  अफगानिस्तान मामिलामा असफल भएको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्।

    images

    अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’

    आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी गरेका छन्। बाइडेन प्रशासनले ‘अमेरिका–तालिबान सम्झौता’ ट्रम्पकै पालामा भएको जवाफ दिएको छ। तर सामरिक मामिलाका विज्ञहरुले ‘नीति ट्रम्पको भए पनि अफगानिस्तानको अराजकता’को जिम्मेवारी बाइडेनले लिनुपर्ने बताएका छन्।

    images

    आफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि बाइडेनको आलोचना भइरहेको छ।२० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबान फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ। अफगानिस्तानबाट अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएको हो।