आइतबार, कार्तिक १६ गते २०८३
images
images

फिलिपिन्सका ११ वर्षीय किशोर जो २० घण्टासम्म फ्रिजमा बसेर पहिरोबाट जोगिए

एक्सप्रेस पाना
बैशाख ८, २०७९ बिहीबार
  • 462
    SHARES
  • फिलिपिन्सका ११ वर्षीय किशोर जो २० घण्टासम्म फ्रिजमा बसेर पहिरोबाट जोगिए

    एजेन्सी । फिलिपिन्सका एक ११ वर्षीय किशोर घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् । न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।  

    images

    पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए । नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले किशोरलाई तत्काल उद्दार गरेको थियो । 

    उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर किशोरलाई निकालेका थिए । ‘मलाई भोक लागेको छ’ उद्दारपछि ती किशोरले भनेका थिए । उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन् ।

    images

    मेगी आँधीपछि आएको अबिरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।