एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविकको विजेता इन्टर मिलान शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको रोमालाई ३-१ अन्तरले हराउँदै इन्टर मिलान शीर्षस्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा इन्टरको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लाउटारो मार्टिनेजले १(१ गोल गरे । रोमाका हेनरिक मिखटरयानले सान्त्वना गोल गरे ।
उक्त जितसँगै इन्टरले सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पारेको छ । लिगको अन्तिम तिर आइपुग्दा शीर्ष टोलीबिच खासै अंक अन्तर धेरै नहुँदा उपाधि होड निकै रोमाञ्चक बनेको छ ।
जारी सिजन इन्टरको ३३ खेलबाट ७२ अंक छ । समान खेलबाट एसी मिलानको ७१ अंक छ । लिगमा पाँच राउन्डको खेल बाँकी रहँदा रोमा ५८ अंकसहित पाँचौ स्थानमा छ ।
.jpg)


