आइतबार, कार्तिक १६ गते २०८३
images
images

जेससको ह्याट्रिकसहित चार गोलमा सिटीको फराकिलो जित

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 588
    SHARES
  • जेससको ह्याट्रिकसहित चार गोलमा सिटीको फराकिलो जित

    एजेन्सी । ब्राजिलियन फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित खेलमा  म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ ।

    images

    घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन जेसस एक्लैले चार गोल गरे भने रोड्रीले एक गोल थपे । वाटफोर्डका हसाने कामराले एक सान्त्वना गोल फर्काए । 

    सुरुवातबाटै आक्रमण खेल प्रस्तुत गरे सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
     
    उक्त जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ ।

    images

    लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो । अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले ।