आइतबार, कार्तिक १६ गते २०८३
images
images

जनता समाजवादी पार्टीका   माननिय मन्त्री  हरिशरण आचार्य गाउँ गाउँ 

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 378
    SHARES
  • जनता समाजवादी पार्टीका   माननिय मन्त्री  हरिशरण आचार्य गाउँ गाउँ 

    देशैभर बर्षातको असर छ। बर्षातले पछिल्लो समय गोरखा र गोरखाको पनि पालुङ्टार नगरपालिकामा बाढी र पहिरोका कारण ठूलो धनको क्षति गराएको छ। कति ठाउँमा पहिरोले जनता घरबास उठाएको, बस्तुभाउ पुरिएको, छाक टार्ने अनाज पुरिएका र पहिरोका कारण खानेपानीको अभाव देखिएको छ। उच्च जोखिमका ठाउँहरुमा बस्ति नै स्थानान्तरण गर्नुपर्ने र घर बाढी पहिरो प्रभावीत क्षेत्रका जनताहरु एकत्रित हिसावमा सामुदायिक भवन तथा स्कूलहरुमा बसोबास गरिरहेका छन्। एकत्रित बसाइमा बस्दा कोभिडको डर पनि उत्तिकै छ र स्वच्छ पिउने पानीको अभावमा अन्य प्रकोप आउन सक्ने, सामान्य अौषधोपचारको समेत अभाव हुने देखिन्छ। सबै सरोकारवाला पक्षमा सहयोगका लागि तम्तयार रहन पनि अनुरोध गर्दछु । देशैभर महाविपत्तिको सामना गर्न सबै संयन्त्र परिचालित हुन जरुरी देखिन्छ।साथै जनसमूदायमा जोखिमपूर्ण स्थान र घरहरुमा नबस्न र सुरक्षित स्थानमा अस्थाई आवासमा बसोबासका लागि हार्दिक अनुरोध गर्दछु। साथै केहि दिनको गोरखा बसाईमा जनताको समस्याको अबलोकन गरियो साथै केहि स्थानहरुमा खानेपानी समस्या बसोबासका समस्या हल गर्न खानेपानी पाइप उपलब्ध गराइएको तथा सामुदायीक भवनहरुमा बसोबासको व्यवस्थापनका लागि सम्बन्धित वडा र नगरपालिकाले व्यवस्थापकीय तयारी गर्ने। समयको अपर्याप्तता र बाढी पहिरोका कारण पानपा आसपास दार्मिचौर, पुतलिखेत, पोखरावेशी, चापाभञ्ज्याङ, कार्कीगाउँ, भैसेपानी, बान्द्रे, लगाएतका क्षतियुक्त भुगोलमा आउन नसकेकोमा क्षमाप्राथि छौँ र समय मिलाएर छिट्टै नै उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दछौँ। समस्याका विषयमा सम्बन्धित स्थानीय निकायमा पनि जानकारी गराउनुहुन अनुरोध गर्दछौँ। harisaran acharya.jpgमाननिय मन्त्री  हरिशरण आचार्य 

    images