आइतबार, भाद्र २८ गते २०८३
images

अफगानी क्रिकेटर कहाँ छन् ? 

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 389
    SHARES
  • अफगानी क्रिकेटर कहाँ छन् ? 

    कोलम्बो। श्रीलंका क्रिकेट बोर्डले पाकिस्तान र अफगानिस्तानबीचको ट्वान्टी–२० क्रिकेट शृंखलाको आयोजनाका लागि सबै तयारी भइरहेको सोमबार जनाएको छ। विद्रोही समूह तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिका कारण अझैँ पनि अफगानी क्रिकेटर त्यहाँ सुरक्षित छन् या छैनन् भन्ने चर्चा चलिरहेको समयमा श्रीलंका क्रिकेट बोर्डको यस किसिमको भनाइ बाहिर आएको हो। 

    images

    पाकिस्तान र अफगानिस्तानबीचको शृंखला श्रीलंकाली भूमिमा आयोजना हुने तय छ। तथापि, तालिवानले अफगानिस्तानको सत्ता हातमा लिएपछि कुनै अफिसियल पनि तीन देशबीच ट्वान्टी–२० क्रिकेट शृंखला हुन्छ भन्नेमा ढुक्क छैनन्। उक्त शृंखला सेप्टेम्बर १ देखि श्रीलंकाले आयोजना गर्दै छ।

    अफगानिस्तानले आगामी अक्टोबरदेखि संयुक्त अरब इमिरेट्स ९युएई० मा हुने ट्वान्टी–२० विश्वकप पनि खेल्दै छ। तर, पछिल्ला घटनाक्रमका कारण अफगानिस्तानको विश्वकप यात्रा पनि दुबिधामा देखिएको छ। सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको सत्तामा रहेको तालिवानले आफ्नो शासनकालमा खेललाई पनि ध्यान दिएको थियो। अफगानिस्तानका स्टार स्पिन बलर तथा ट्वान्टी–२० कप्तान रासिद र अलराउन्डर मोहम्मद नाबी हाल इङ्ल्यान्डमा दी हन्ड्रेडको प्रतियोगिता खेलिरहेका छन्। तालिवानले सत्ता कब्जा गरेपछि यी दुवैले आफ्नो देशमा शान्ति स्थापना गर्न आग्रह गरेका छन्। धेरै जसो अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका सदस्य देशमा नै छन्।

    images

    ‘अफगानिस्तानका क्रिकेटर कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने जानकारी लिने प्रयास भइरहेको छ,’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० का एक अधिकारीले भने। यसैबीच श्रीलंका क्रिकेट बोर्डले भने अफगानिस्तान र पाकिस्तानबीच तीन खेलको शृंखला हुनेमा आशावादी रहेको जनाएको छ। यी दुईबीच श्रीलंकाको दक्षिण क्षेत्र हामबान्टोटास्थित महिन्द्रा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बन्द रंगशालाबीच हुने कार्यक्रम छ। सुरुमा यो शृंखला दुबईमा हुने भनिएको थियो। तर, आगामी सेप्टेम्बरदेखि युएईमा इन्डियन प्रिमियर लिग हुने भएपछि यो शृंखला श्रीलंकामा सारिएको हो।

    ‘हामीले दुवैलाई प्रतियोगिता आयोजना गर्न तयार रहेको भनिसकेका छौं,’ श्रीलंका क्रिकेटका सचिव मोहन डी सिल्भाले भने, ‘धमाधम तयारी पनि भइरहेका छन्। तर, काबुलमा भएको वर्तमान अवस्थाका कारण उनीहरू अगाडि बढौं भन्ने स्थितिमा छन् या छैनन्। उनीहरूबाट जबाफको प्रतीक्षामै छौं ।’

    डी सिल्भाले कोरोना भाइरसको महामारीका कारण सावधानी अपनाउन यी दुवै टोली आगामी हप्ताभित्र श्रीलंका आइपुग्नुपर्ने उल्लेख गरे। अफगानिस्तान क्रिकेट बोर्डले गत अगस्ट ७ मा मात्र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सके धेरै राम्रो पुरस्कार दिने घोषणा गरेको थियो। अफगानिस्तानले गत अगस्ट ९ मा मात्र अस्ट्रेलियाका तीव्र गतिका बलर साउन टाइटलाई बलिङ प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो। एएफपी