शनिबार, भाद्र २७ गते २०८३
images

अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौँ आइपुगे, बाँकी कहिले आउलान् ?  

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 423
    SHARES
  • अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौँ आइपुगे, बाँकी कहिले आउलान् ?  

    काठमाडौँ । अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडोँ आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौँ ल्याइएको हो । 

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौँ आइपुगेको बताए । तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौँ आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।

    उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो । अफगानिस्तानमा अझैं केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

    images

    विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।