शनिबार, भाद्र २७ गते २०८३
images

बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले एक वर्षे अनलाईन कक्षाको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 915
    SHARES
  • बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले एक वर्षे अनलाईन कक्षाको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    वैशाख २२ काठमाडौं । बौद्ध धर्म, दर्शन, साहित्य, संस्कृति, परम्परा एवं सम्भोटा लिपिको संरक्षण, संम्वर्धन र विकास गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको शिक्षालाई गाउँगाउँ बस्तीबस्ती सम्म पुयाई सु सभ्य समाज निर्माण गर्ने उद्धेश्यले स्थापीत हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले एक वर्षे अनलाईन कक्षाको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    No description available.

    श्रद्धेय धर्मगुरु क्याब्जे सेरकुङ दोर्जे छ्याङ रिन्पोछेको प्रमुख आतिथ्यतामा सोमबार बौद्धस्थीत अन्तराष्ट्रिय होटल टिबेटमा एक कार्यक्रम आयोजना गरी हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले १ वर्षे संभोटा लिपि तथा बौद्ध शिक्षा प्रशिक्षणको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम गरेको हो ।

    images

    No description available.

    कार्यक्रममा, प्रशिक्षार्थीहरुले कोरोना महामारीमा पनि अनलाईन जुम मार्फत कक्षा संचालन गरी बौद्ध शिक्षा अध्ययन गर्ने अवसर दिनुभएको केन्द्रका अध्यक्ष तथा श्रद्धेय धर्मगुरु कोशिस लोब्साङ बाईवालाई धन्यवनद प्रकट गर्दै आफुहरुले बौद्ध दर्शनको धेरै ज्ञान लिन सफल भएको बताएका छन् । एक वर्षमा पढ्न मात्रै नभएर लेख्न पनि आएकोमा खुशी व्यक्त गर्दै उनीहरुले मुलुकमा बौद्ध धर्मको राम्रो संग अध्ययन गर्ने र बुद्धको ज्ञानको अनुशरण गर्ने हो भने संविधानको नै जरुरी नहुने धारण व्यक्त गरेका छन् ।

    केन्द्रका अध्यक्ष बाईवाले देशभरका विभिन्न जिल्लामा केही वर्ष यतादेखि नै सम्भोटा लिपि प्रशिक्षण गराउँदै आउनुभएको छ । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको स्थापना भएको एक वर्षमा करिव ९ हजार जनालाई बौद्ध शिक्षा दिएको उहाँले जानकारी दिनुभयो । कोरोना महामारीमा पनि उहाँले अनलाईन जुम मार्फत देश तथा विदेशमा रहनुभएका बौद्ध धर्मका अनुयायीहरुलाई प्रशिक्षण दिनु भएको थियो । बुद्धका शिक्षा पालनाबाटै सबैको हीत र मुलुकको समृद्धि हुने बताउँदै आफुले समाजमा रहेको विकृति विसङगतीलाई चिर्नका लागि बुद्धको शिक्षालाई गाउँगाउँमा पु¥याउने अभियान संचालन गरेको उल्लेख गर्नुभयो । बुद्ध धर्ममा कुनै पनि जात नहुने उल्लेख गर्दै उहाँले अनुयायीहरुले पुजा गर्ने पुस्तकहरु नेपालीमा अनुवाद गरिएकाले यसका कारण समाज परिवर्तन गर्न सहज हुने समेत बताउनुभयो ।

    No description available.

    बौद्ध शिक्षा र दर्शनलाई अनुशरण गर्ने हो भने घर परिवारका साथै समाज नै समृद्ध हुने बताउँदै धर्मगुरुहरुले सम्भोटा लिपि अध्ययन गर्दा स्वयम भगवान गौतम बुद्ध र उहाँको ज्ञानलाई प्राप्त गरिरहेको बताउनुभएको छ । विश्वशान्तिका लागि बौद्ध शिक्षा महत्वपूर्ण रहेको बताउँदै उहाँहरुले बुद्धका शिक्षा पालनाबाटै सबैको हीत र मुलुकको समृद्धि हुने भएकाले बौद्ध दर्शनलाई विश्वभर फैलाउनु आवश्यक रहेको बताउनुभयो ।

    नेपाल सरकार संस्कृति, प्रर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोलले संविधानमा महिला पुरुष बराबरी भनिएपनि महिलाहरु रिन्पोछे नहुनुको कारण पितृसदात्तमक सत्ता भएकाले यो नहटुन्जेल समानताको कुरा जति गरेपनि व्यवहारमा लागु नहुने बताउनुभयो । साथै उहाँले सरकारले गर्नुपर्ने काम व्यक्तीले गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै धर्मगुरु बाईवालाई आगामी दिनमा संस्थालाई गुम्बा विकास समितिमा दर्ता गर्न अनुरोध गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    No description available.

    यसैगरी,श्रद्धेय धर्मगुरु क्याब्जे सेरकुङ दोर्जे छ्याङ रिन्पोछेले आफुले पनि यति धेरै कार्य नगरेको बताउँदै हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष तथा धर्मगुरु बाईवाले गर्नुभएको कार्यको प्रशंसा गर्दै विश्वमा शान्ती हुनका लागि शुरुमा त आफ्नो मन नै शान्त हुनुपर्ने बताउनुभयो ।

    समाजमा रहेको विकृति विसङगतीलाई चिर्नका लागि आफुले बुद्धको शिक्षालाई गाउँगाउँमा पु¥याउने अभियान संचालन गरिएको बताउँदै बाईवाले बुद्ध धर्ममा कुनै पनि जात नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा सम्भोटा लिपि प्रशिक्षणका लागि सहयोग गर्नुहुनेहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

    No description available.