शनिबार, भाद्र २७ गते २०८३
images

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 335
    SHARES
  • स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

    वैशाख २५ मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

    भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

    images