आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं !

एक्सप्रेस पाना
बैशाख ३०, २०७९ शुक्रबार
  • 779
    SHARES
  • काठमाडौं !

    ईश्वरी भट्ट, गोरखा/ सडकहरूमा मस्त धुवाँ धुलो उडेको छ । बाहिर निस्कनु परे पछि मानौ त्यहाँ कुनै बडाँइ भैरहेको बारूदको धुवाँ निस्केको महसुस हुन्छ । खाल्डा खुल्डिहरू गाडिको आयू छिनाइ रहेछन र मान्छेहरूका कम्मर सडकाइ रहेछन । विसाक्त नदी किनारका वस्तिहरू सदा झै उस्तै रोहि रहेछन । नालीहरू गन्हायर सास फेर्न गार्होछ । विसौ बर्षको अवस्था यथा स्थिती छ र पनि नेताहरू राम्रै भोट मागि रहेछन । नेता वनि रहेछन । जनता दौडी रहेछन, कुदी रहेछन । माटोको दोहन छ ।

    images

    हुल हाल भिड भाड व्यवस्थापन छैन । कमाइ राम्रै भएको छ, नाफा खोर घुस खोर र कमिसन तन्त्रको। सडकमा कुनै नियम लाग्दैन । सडक सदन दुवै भता भुंग छन । त्यतै हिड्दैछन हाम्रा नेताहरू सुटेड वुटेडमा भत्ता थापेर । कस्ले तालिम दिने ? कस्ले पाठ पढाउने केहो विकास र कसरी गर्न सकिन्छ विकास भनेर । माहिर वक्तव्यवाजी गर्नेहरू र उत्कृष्ट घोषणा पत्र लेख्नेहरू यही सडक गल्लीमा हिड्ने त होलान। यही नालीका पर्फ्यूम सुघ्ने त होलान फेरी अर्को पाँच वर्ष पछि पनि । किनकी यस अघि पनि चुनाव भएका थिए र वाचा कवल भएका थिए । तर ती केवल कागजी बाघ मात्र थिए। माया लाग्ने नै भए माटोको, विकास गर्ने नै भए जनताको यो सारा नाटकमा किन चुर्लुम्म डुबाइन्छ देशलाई । दौरा सुरूवाल कोट टोपी लाउनेहरूम अर्थात गाउ घर सहर वनाउछु भन्नेहरूमा लाज देखिदैन । दैनिक जस्तो लाखौ लाख समस्या वोकेर वॅाचेकाछन काठमाडौं वासीहरू ।

    त्यस्तै पाटन वासीहरू, त्यस्तै भक्तपुर वासीहरू र सारा देश वासीहरू । पानी छैन धारामा । विजुली झिप्प झिप्प आँखा चिम्लदैछ । घर वस्ति कुनै व्यवस्थित छैनन। फलानाको घर कुन हो भन्दा उत्यो, बाँसको झ्याङ नेर, रातो ठूलो घर, कमेरे रंगको, ओरालो कटेर अलिकती पर, छतमा तीनवटा पानी ट्याङकी भएको, स्कूलको छेवैको, राजु ममः पसल संगै माइतिघर चोकैमा । लौ गज्जबछ यी कुराहरू , के यहाँका टोल, वडा कमिटीहरू यसलाइ व्यवस्था गर्न सक्दैनन । एउटा व्यवस्थित घर नंवर राखेर कम्प्यूटराइज गर्न सक्दैन यी लोकल, प्रादेसिक र केन्द्रिय सरकारहरू? यहाँ एक्काइसौ शताब्दि लागेकै छैन । बाटा सडक गल्लीहरू मान्छेहरू वा जग्गा धनिका डिजाइनमा छन । के नगरले नगरमा कस्तो वस्ति हुनु पर्दछ, थाहा छैन । यहाँ गल्ली र सडक अनि मान्छेका मात्र कुरा गरौ । यहाँको शिक्षा स्वास्थ्य र अरू जनसंसाधनका कुरा गरेर साध्य छैन । सवै लेख्दा त यो लेख पनि भद्दा हुन सक्छ । लिच्छवी कालिन र मल्ल कालिन धरोहर जोगाउन धौ धौ परेको देखिन्छ । आज यो जुगमा निर्माण हुने त कुरै छैन । के वनायौ र के गर्यौ हामीले । ढुंगे धाराहरू, थुम्के पोखरीहरू, बल्छिपाइले गोरेटोहरू उस्तै छन । तुर तुरे धाराहरूले पानी दिए मात्र पुग्छ । तिनको सिगार पेटार र प्रवर्धन गर्न पर्दैन। तर मान्छेका घरहरू वा वा तीन तले, चार तले , दस तले मोटा बाक्ला , सिंगमरमरले वनेका , टलक्क टल्केका सजिलै कसरी वने ।

    images

    यो लुट मारको मात्र देश हो । यसको विकास र व्यवस्थापन हुन पर्दैन, मान्छेहरू सफा सुघ्घर र सभ्य हुनु पर्दैन ? सरकारले यी सडक, नदी छेउका अव्यवस्थित वसाइहरूलाइ विकसित सामुहिक भवनको निर्माणगरी व्यवस्थित वसाइ वसाउन सक्दैन? बाटो मर्मत तथा सुघारमा अल्लि धेरै गैची, वेल्चा, गिटी, रोलरहरूलाइ रात्रीकालिन काम दिइ, दिनमा सुन्दर बाटाबरूको सदुपयोग जनताले गर्न पाउदैनन? खाल्डा पुरेर अस्ताइ पिचको टोलि खटाउन सक्दैनन यी टोल सुधार समितीहरूले? संगै वग्ने खोलाहरूमा कुहिएको फोहोरहरू फाल्ने थलो वनाएका छन । मानौ उपत्यकाका नदीहरू दुरगन्धित रूदै रूदै वगेका छन ।

    जनताका आधारभूत समस्याहरू बाटो, पानी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयहरू देखाएर भित्र्याइएको करोडौ रकम घर वन्न र व्यक्ति मात्र धनिहुन ऋण काडिएको हो? गज्ब छ वा काठमाण्डौ । धन्न स्वास फेरेका छन मान्छेहरू। धन्न वॅाचेका छन मान्छेहरू। कोरोनाको तीन दोब्बर संक्रमण अलरेडी छ त शहरहरूमा , डरैले भागेछ कोरोना यहाँ । सुन्दर प्राकृतिक नगरी नवनाइ कसरी डाक्ने पर्यटकहरूलाइ? यहाँको व्यइजति विश्वभर फैलाउन? मान्छेहरू पनि त अलिकति बढी जग्गा छोडेर घर वनाएको भए तिम्रा छोरा नातीहरू सजिलरी हिड्थे बाटाहरूमा । तिमीले खाएको फोहोर नफालेको भए सफा हुन्थे बाटाहरू, गल्लीहरू, सडकहरू, शहरहरू । तिमीले के सिक्यौ र के सिकाउने भयौ त सन्ततीलाइ? उही लोभ लालच, घृणा द्वेष अनि यस्तै यस्तै….। पढे लेखेकाहरूमा त सोच वदलिनु पर्छ तिम्रा शहर वस्तिहरू सफा राख्न । तिमी वस्छौ, खान्छौ र रमाउछौ । घर घरले, वस्ति वस्ति हरूले जागरण अभियान चलाउन जरूरीछ। त्यसैले तिम्रा वसाइहरू तिमीहरूले पनि सफा राख्नु पर्छ । तिमीले त वनायौ वनायौ वस्तिहरू कक्रक्क, अव तिम्रा छोरा नातीलाइ त्यसो नगर्न भन । बाटोलाइ अलि जग्गा छोडेर घर वना भन । खाएको फोगर डम्स्टर/ ट्र्यासमा राख्न भन र तिमी नै लाग तिम्रो वस्ति सुन्दर सभ्य र सालिन पार्न । यी ढलहरू, विजुलीका तारहरू र नदीहरूलाइ भने वार्ड वार्डबाट योजना वनाएर “मेरो टोल मै वनाउछु “ अभियान थाल्नु पर्छ लोकल सरकारले र प्रादेसिक एवं केन्द्रिय सरकारले त्यसलाइ सघाउनु पर्दछ ।