सोमबार, भाद्र २९ गते २०८३
images

साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल माल्दिभ्ससँग

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 599
    SHARES
  • साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल माल्दिभ्ससँग

    भदौ ३, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोज राष्ट्र माल्दिभ्ससँग खेल्दै आफ्नो यात्रा सुरुवात गर्ने भएको छ। साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ । सन् २०१८ मा बंगलादेशमा सम्पन्न भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुन लागेको । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएको थियो । नेपालले आफ्नो पहिलो खेल घरेलु टोलीसँग मालेमा १५ असोजमा खेल्ने छ। माल्दिभ्स साविकको विजेता पनि हो ।

    images

    त्यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७, तेस्रो खेल असोज २२ गते भारतसँग खेल्ने छ। लिग चरणको अन्तिम खेलमा नेपालले असोज २५ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।यस पटक नेपालसहित ५ राष्ट्रले सहभागी जनाउने भएको छ । सार्क राष्ट्रमा कुल ७ देश सहभागी भएता पनि पाकिस्तान विश्वको सर्वोच्च निकाय फिफाको कार्वाहीमा रहेको र भुटान कोरोना महामारीको कारण सरकारले जारी गरेको नियम अनुसार आफ्नो देश छाड्न अनुमति नभएको कारण सहभागी नहुने भएको छ ।
    यस पटकको साफ राउन्ड रोविन लिग चरणमा खेलाइने भएको हो ।लिगका शीर्ष दुई टोलीबीच असोज २७ गते उपाधिका लागि प्रतिस्पर्धा हुने छ। हाल नेपाली राष्ट्रिय फुटबल टोली पोखरामा प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट गत सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए । पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन् ।


    अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्‍जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का भएको छ । यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन् । नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ ।नेपाली टोली हाल दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ । नेपालले हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। यस प्रतियोगिता हालसम्म भारतले सर्वाधिक ७ पटक जितेको छ।

    images