शनिबार, भाद्र २७ गते २०८३
images

फेसबुकमा लेखिन न्प्रियंकाले–हाम्रो सानो चमत्कार

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 468
    SHARES
  • फेसबुकमा लेखिन न्प्रियंकाले–हाम्रो सानो चमत्कार


    आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

    images

    उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।

    प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’

    images

    यसपछि भने प्रियंकाले दैनिक एउटा तस्वीर राखिरहेकी छिन् । उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर राख्दै लेखेकी छिन्–‘हाम्रो सानो चमत्कार’ ।

    नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् । गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।