बुधबार, भाद्र २४ गते २०८३
images

महिला क्रिकेट : १९ खेलाडी बन्द प्रशिक्षणमा

एक्सप्रेस पाना
जेठ २२, २०७९ आइतबार
  • 404
    SHARES
  • महिला क्रिकेट : १९ खेलाडी बन्द प्रशिक्षणमा

    जेठ २१ काठमाडौं । एसीसी महिला टि२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 

    images

    शनिबार प्रतियोगिताको तयारी लागि क्यानले पहिलो चरणमा १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको हो । १९ खेलाडीमध्ये १५ खेलाडी राष्ट्रिय टिममा छनोट हुने क्यानले जनाएको छ ।

    च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् । मलेसियामा हुने प्रतियोगितामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन १८ मा खेल्दा जुन २० मा बहराइनविरुद्ध तेस्रो र जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ ।

    images

    बन्द प्रशिक्षणमा डाकिएका खेलाडी : रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजोल श्रेष्ठ, कविता कुवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट

  • सम्बन्धित विषय:

  • # क्रिकेट