शनिबार, भाद्र २७ गते २०८३
images

बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 317
    SHARES
  • बाँकेमा ७० वर्षीया वृद्धाको कुटपिटबाट मृत्यु

    जेठ २४ बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ । 

    images

    उक्त घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    गुप्ताको पसलमा सामान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना