आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 373
    SHARES
  • आजको मौसम : यी क्षेत्रमा वर्षाको सम्भावना

    जेठ २६ काठमाडौं । नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

    images

    दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मघेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

    हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मौसम