शनिबार, भाद्र २७ गते २०८३
images

गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोल सहित तीन जना पक्राउ

एक्सप्रेस पाना
आषाढ १४, २०७९ मंगलबार
  • 266
    SHARES
  • गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोल सहित तीन जना पक्राउ

    धनुषा । धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखिएको एउटा पेस्तोल र लोड अवस्थामा रहेको सो को एक राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ बर्षिय राहुल रन्जन, २० बर्षिय उज्वल कुमार र ३६ बर्षिय संजय कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मैनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    images

    जनकपुरबाट भारततर्फ जाँदै गरेको बि आर ०६ ए.पी.  ३००८ नम्बरको सुजुकी कारमा जाँच गर्ने क्रममा कारको सिट मुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र ७.६५ एम.एम. को एउटा गोली फेला पारिएको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र कार सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।

    लागूऔषध सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
    झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८
    बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला पारिएकोे हो । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित सुतिहार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी ट्याब्लेट १३ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

    सशस्त्र प्रहरीद्वारा करीव ३१ लाख रुपैयाँको सामान सहित ट्रक बरामद
    पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट असार १२ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीब ३१ लाख ३० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले उल्लेखित मूल्य बराबरको स्टेशनरी, लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, साईकलको पार्ट्स र औषधी बरामद गरेको हो ।

    बीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकमा सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित सामानहरु ट्रक सहित बरामद गरिएको हो । बरामद ट्रकको भन्सार दाखिलामूल्य २५ लाख रुपैयाँ रहेको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइको छ ।