शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षा मन्त्री नियुक्त नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 380
    SHARES
  • शिक्षा मन्त्री नियुक्त नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

    भाद्र ८ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन । एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना हुन थालेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठक बस्न नसक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन नसेकेको केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार परिषद्को बैठक शिक्षा मन्त्रीको अध्यक्षतामा बस्ने गरेको छ ।

    images

    नयाँ सरकार गठनपछि शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा नै लिएका छन । प्राविधिक धारका कक्षा ११ र १२ का पाठ्यक्रममा ४० प्रतिशत सैद्धान्तिक र बाँकी ६० प्रतिशत प्रयोगात्मक विषय समेटिएको छ ।