आइतबार, भाद्र २८ गते २०८३
images

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 293
    SHARES
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    भक्तपुर, २४ असार  भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो । 

    images

    दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

    प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ । 

    images