आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण ६, २०७९ शुक्रबार
  • 241
    SHARES
  • मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

    साउन ६ काठमाडौं । देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने भएको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि सोही मौसम कायम रहने भएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

    रातको समयमा देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि सामान्य बदली भई पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम