आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाललाई  १० करोड अमेरिकी डलर ऋण सहयोग गदै विश्व बैंक

एक्सप्रेस पाना
आषाढ २५, २०७८ शुक्रबार
  • 423
    SHARES
  • नेपाललाई  १० करोड अमेरिकी डलर ऋण सहयोग गदै विश्व बैंक


    असार २५, काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् करीव १२ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको छ ।
    विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रवार बसेको बैठकले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५र ५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

    images

    नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

    नेपाल, श्रीलंका र माल्दिम्भसका लागि उक्त बैंकका निर्देशक फारिस हदद जर्भोसले विद्यालय क्षेत्रको सुदृढीकरणमा उक्त सहायता महत्वपूर्ण हुने बताएका छन् ।

    images


    कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्न समेत यो सहायता महत्वपूर्ण हुने विश्व बैंकले बताएको छ।