आइतबार, कार्तिक १६ गते २०८३
images
images

आगामी सोमबारसम्म देशभरका यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 327
    SHARES
  • आगामी सोमबारसम्म देशभरका यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

    साउन १४ काठमाडौं । आगामी सोमबारसम्म मुलुकभरका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र मधेस प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आगामी सोमबारसम्म भारी वर्षा हुने आँकलन गरिएकोमा भोलि आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै सोमबार पनि प्रदेश १ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम