साउन १६ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमै अंग्रेजी माध्यमबाट कक्षा ११ र १२ मापठन पाठन हुने भएको छ । नयाँ शैक्षिक सत्र २०७९ देखि प्रगति अंग्रेजी माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न लागेको हो ।
प्रगति अंग्रेजी मा.वि. निजि क्षेत्रबाट सन्चालित यस भेगकै पहिलो र संचालन गर्ने एकमात्र विद्यालय हो । अभिभावकहरुको चाहाना र स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
लेखा अध्ययन, कम्प्युटर विज्ञान, ब्यवशायिक अध्ययन लगायतका विषयमा कक्षा ११ मा धमाधम भर्ना खुलेको विद्यालयका प्रधानध्यपक ऋषिराम नेपालले जानकारी दिनुभयो । यहि साउन १४ गतेदेखि फारम वितरण गरिरहेको विद्यालयको प्रवेश परिक्षा श्रावण २२ गते र २५ गतेबाट कक्षा सञ्चालन गर्ने योजना छ ।
सिट सिमित भएकाले समयममै विद्यालयमा सम्पर्कगरी सिट सुरक्षित गर्नुहुन विद्यालयले आह्वान गरेको छ । मेलम्ची नगरपालिकाले शिक्षा समितिको २०७८ चैत्र १३ गतेको सिफारिस र नगर कार्यपालिकाको १८ गतेको निर्णयले विद्यालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि अनुमती दिएको थियो ।
आफ्नै गाँउ ठाउमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएपछि पढ्नकै लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानिय अभिभावकहरू खुसी भएका छन् । विद्यालयमा भर्नाको लागि मेलम्ची नगरपालिका लगायत इन्द्रावती, पाँचपोखरी र हेलम्बु गाँउपालिकाबाट समेत अभिभावक आइरहेको विद्यालयले जनाएको छ ।साभार: रेडियो मेलम्ची


